होमपेज / समाज
काठमाडौँ । फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सरकारले स्वीकार गर्ने निर्णय गरेकाे छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।