ट्रेण्डिङ

होमपेज / समाज

नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ - प्रधानमन्त्री प्रचण्ड

नेपालगाथा २०८१ जेठ २ गते बुधबार १४:२५:३३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँने बताएका छन् ।

नेपाल-युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवमा आयोजित नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँने र आर्थिक विस्तारमा सहयोग गर्ने बताउनुभयाे ।

उनले भने हामीले स्वचालित मार्गमार्फत प्राप्त लगानीका केही आवेदनहरू र स्वीकृत गरेका छौँ’ । अन्तर्राष्ट्रिय साझेदारमार्फत हाम्रा प्रयासहरूलाई बलियो बनाउन खोजिरहेका छौँ, यसले नेपालमा पुँजीमात्र होइन, प्राविधिक र व्यवस्थापकीय विशेषज्ञता पनि ल्याउनेछ ।’

वातावरणीय दिगोपन र आर्थिक रूपमा व्यावहारिक हुने हरित अर्थव्यवस्थालाई नेपाल सरकारले प्राथमिकता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नवीकरणीय ऊर्जा परियोजनाहरूको प्रवर्द्धन, दिगो कृषि अभ्यास र वातावरणीय लक्ष्य प्राप्तिमा निरन्तर काम गरिरहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top