ट्रेण्डिङ

होमपेज / समाज

क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

नेपालगाथा २०८१ जेठ २ गते बुधबार ११:२०:४५ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामा आज सुनुवाइ हुने भएको छ । कुनै ठुलो प्रमाण नभए आजै फैसला सुनुवाइ हुने छ ।

हिजो दिनभरि भएकोबहसमा दुवैतर्फका वकिलहरूको बोल्ने क्रम नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सोही इजलासले आज सुनवाइलाई निरन्तरता दिईने छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको छ ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेकोमा फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए।

सन्दीपको तर्फबाट दुईजना र गौशला २६ को तर्फबाट ४ जनाले आज बहस गर्ने भएका छन् ।  त्यसपछि न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top