ट्रेण्डिङ

होमपेज / समाज

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

नेपालगाथा २०८१ जेठ १ गते मंगलबार १०:४८:०६ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनले आजका लागि पेसी तोकेको छ ।

२३ वैशाखमा लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेपछि आजका लागि पेशी तोकिएको थियो। त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो।

गौशाला २६ द्वारा दायर बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन्। उच्च अदालतमा यसअघि पाँचपटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ सरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top