ट्रेण्डिङ

होमपेज / समाज

अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन सकेन - मुख्यमन्त्री कंडेल

नेपालगाथा २०८१ जेठ १ गते मंगलबार ००:४३:२९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन् । कर्णालीमा कार्य क्षेत्र भएका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंगको आज छलफलमा मुख्यमन्त्री कडलले कर्णालीलाई अन्तर्राष्ट्रिय विकास साझेदारले उच्च प्राथमिकतामा राखेपनि यहाँ भइरहेको कार्यक्रमले आशातित सफलता हासिल गर्न नसकेको बताए । उनले भने, हाम्रा सहयोगी दातृ निकायहरुको सहयोग अनुसार  जति परिवर्तनको महशुस गनुपर्नेहो, कर्णालीका नागरिकले परिवर्तनको महशुस गर्न सकेको अवस्था म देख्दैन ।’

अवसरको खोजीमा कर्णालीका गाँउहरु रित्तिदै गएको अवस्थाप्रति चिन्ता प्रकट मुख्यमन्त्री कंडेलले दातृसंस्थाका प्रतिनिधिहरुलाई रोजगारीको लागी विदेशिने परिस्थिति अन्त्य हुनुपर्ने बताए । मुख्यमन्त्री कंडेलले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको विगतदेखीको लामो अनुभव रहेको चर्चा गर्दे अहिलेका नीतिले आशातित परिवर्तन हासिल गर्न नसकिए आवश्यक परे नीतिसमेत बदल्न पुर्नविचार गर्नुपर्ने धारणा राखे ।

जनताको जीवनस्तर माथि उठाउन सरकारको मात्र एक्लो प्रयासले संभव नहुने भन्दै मुख्यमन्त्री कंडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए । कर्णालीमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका कार्यक्रमलाई एकीकृत रुपमा लैजान सके यसले ठूलो उपलब्धी हासिल हुने बताउदै मुख्यमन्त्री कडेलले साझेदार संस्थाले गरेका कामले जनतालाई अनुभुति गराउन सक्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कंडेलले आजै सुर्खेतस्थित संघीय कार्यालयका प्रमुखसँग छलफल गर्दे कर्णाली प्रदेशमा भइरहेका कामको बारेमा जानकारी लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top