होमपेज / समाज
काठमाडौँ । कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहन गरेर छन् । कामिरिताले आईतबार बिहान ७:२५ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।
यसअघि पनि सबैभन्दा धेरै पटक सगरमाथाको आरोहण गर्ने कीर्तिमान शेर्पाकै नाममा थियो ।
उनले गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखर पुगेका थिए। सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए ।