ट्रेण्डिङ

होमपेज / समाज

मुख्यमन्त्री कंडेलले बाेलाए सर्वदलीय बैठक

नेपालगाथा २०८१ बैशाख २९ गते शनिबार १०:५८:३१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सर्वदलीय बैठक बाेलाएका छन्। कर्णालीकाे समग्र विकास र समृद्विमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कंडेलले जेठ ४ गते सर्वदलीय बैठक बाेलाएका हुन्।

समृद्वि र विकास सबैकाे साझा सराेकारकाे विषय हाे । एक्ला एक्लै हिड्नु भन्दा सबै राजनितिक दलहरूबीचकाे साझा सहमति खाेज्ने उदेश्यले सर्वदलीय बैठककाे आयाेजना गरिएकाे मुख्यमन्त्री कंडेलले बताए।

उनका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएकाे छ।

प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ। कर्णाली प्रदेश सरकारले जेठ महिनामा नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने नीतिगत व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top