होमपेज / समाज
कमल कसेरा, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले कर्णाली प्रदेशलाई चाहिने जति प्रयाप्त बजेट नभएको बताउनु भएको छ । शुक्रबार जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश स्थानीय शासन सहयोग कायक्रमले आयोजना गरेको संघीय सुदृढीकरण तथा संविधान कार्यान्वयन विषयक कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेशको समग्र विकासका लागि प्रयाप्त बजेट नहुँदा सबै क्षेत्रको विकास एकै पटक गर्न नसकिने बताउनुभएको हो ।
.jpg)
विकासको सन्दर्भमा हामीले मनोविज्ञान बदल्नु पर्ने बताउँदै मुख्यमन्त्री कँडेलले विकासका सन्दर्भमा विभिन्न जिल्लाका समन्वय प्रमुखहरुले समाजमा सकारात्मक सन्देश दिनुपर्नेमाजोड दिनुभयो ।
कर्णाली प्रदेश स्थापना गर्दा यहाँका व्यक्तिले ज्यान गुमाउनुपरेको प्रसँग उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएता पनि यहाँको पूर्वाधारको विकास हुन नसक्दा यहाँका जनताले स्रोत र साधनको उपभोग गर्न नसकेको बताउनुभयो ।
विभिन्न जिल्लाका समन्वय प्रमुख उपस्थित रहेको कार्यक्रममा मुख्य मन्त्री कँडेलले कर्णाली प्रदेशको विकास गर्नका लागि हामी सबैले आआफ्नो दायित्व र कर्तब्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।