ट्रेण्डिङ

होमपेज / समाज

विश्वविद्यालयका समस्या समाधान गर्न सामूहिक पहल गर्नेछु – उपकुलपति प्राडा गौतम

नेपालगाथा २०८१ बैशाख २५ गते मंगलबार १८:०५:१० मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविधालयका नवनियुक्त उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयमा देखा परेका कुनै पनि समस्याहरुलाई समधान गर्नका लागि सामूहिक रुपमा पहल थालनी गरिने बताउनुभएको छ ।

मप विश्वविद्यालयमा उपकुलपतिको रुपमा आउनुभएसँगै नवनियुक्त उपकुलपति प्राडा गौतमलाई बधाई तथा शुभकामना दिनका लागि आयोजना गरिएको कार्यक्रममा नवनियुक्त उपकुलपति प्राडा गौतमले यस्तो बताउनुभएको हो ।

मंगलबार विश्वविद्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयमा क्रियाशिल सम्पूर्ण प्राध्यापक तथा कर्मचारी संघ÷संगठनहरुले नवनियुक्त उपकुलपति प्राडा गौतमलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

विश्वविद्यालयमा फरक फरक विचारधाराका संघसंगठनहरु भए पनि विश्वविद्यालय बनाउने सन्दर्भमा सबैका साझा धारणा र विचार हुनु आवश्यक भएको बताउँदै नवनियुक्त उपकुलपति प्राडा गौतमले सबै पक्षसँगको समन्वय र सहकार्यमा विश्वविद्यालयले गतिलिने कुरामा विश्वस्त भएको बताउनुभयो ।

उपकुलपति प्राडा गौतमले विश्वविद्यालयको समग्र विकासका लागि आफूले प्रधानमन्त्री, शिक्षामन्त्री, विश्वविद्यालय अनुदान अयोग लगायतका थुप्रै सरोकारवालाहरु समक्ष सुर्खेत आउनुभन्दा पहिले नै भेटघाट गरिसकेको जानकारी दिनुहुँदै विश्वविद्यालयको समग्र विकासका लागि सम्पूर्ण प्राध्यापक तथा कर्मचारी संघ/संगठनहरु मिलेर अघि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान उपकुलपति प्राडा केशरसिंह रानालाई मायाको चिनो सहित विदाई गरिएको थियो । सोही अवसरमा विभिन्न वक्ताहरुले निवर्तमान उपकुलपति प्राडा रानाले विश्वविद्यालयमा मात्र नभएर सुर्खेतको शैक्षिक क्षेत्रमा पुयाउनुभएको योगदानका बारेमा चर्चा गरेका थिए ।

सोही अवसरमा निवर्तमान उपकुलपति प्राडा केशरसिंह रानाले विश्वविद्यालयमा आफूले देखेका सम्भावना, चुनौती र समाधानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालयका विभिन्न प्राध्यापक र कर्मचारी संघ /संगठनका नेताहरुले शुभकामना तथा विदाईका मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top