होमपेज / समाज
सुर्खेत । संस्थागत क्षमता अभिबृद्धि र नेतृत्व रुपान्तरण कार्यशाला सम्पन्न भएको छ । जनहितकारी साकोसको अध्यक्ष नमराज कंडेलको सभाध्यक्षमा आयोजित ३ दिने संस्थागत क्षमता अभिबृद्धि र नेतृत्व रुपान्तरण कार्यशाला सम्पन्न भएको हाे ।
संस्थाका अध्यक्ष नमराज कंडेलको सभापतित्वमा सम्पन्न उक्त तालिम कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यता तथा यस कार्यक्रमका सहजकर्ता राष्ट्रिय सहकारी महासंघका सुचना अधिकृत रामसुधन तिमिल्सीनाबाट संस्थाका संचालकज्यूहरु र उच्च व्यवस्थापनलाई संस्थाको दिगो विकासका लागि विभिन्न विषयबस्तु माइन्ड सेट, मेडीटेसनका साथै योजना, समय व्यवस्थापन र व्यक्तित्व रुपान्तरण० जस्ता बिषयहरुमा छलफल तथा कार्यशाला गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाको उपाध्यक्ष तिर्थराज गिरी तथा महिला उपाध्यक्ष राधा कार्की लगाएतको आतिथ्यता रहेको कार्यक्रम संस्थाका सचिव यामराज गिरीले संचालन गर्नुभएको थियो भने महिला उपाध्यक्ष राधा कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।