ट्रेण्डिङ

होमपेज / समाज

विश्वमा प्रतिष्ठित विश्वविद्यालयका रुपमा परिचित गराउन सबै लाग्नुपर्छ - उपकुलपति प्राडा गाैतम

मध्यपश्चिम विश्वविद्यालय उपकुलपति गौतमकाे स्वागत, बधाई र पदभार ग्रहण कार्यक्रम

नेपालगाथा २०८१ बैशाख २४ गते सोमबार २२:३४:३४ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुब कुमार गौतमले पदभार ग्रहण गर्नुभएकाे छ।  पदभार ग्रहण गर्दै उपकुलपति प्राडा गाैतमले विश्वविद्यालय ज्ञानकाे सिर्जना गर्ने र ज्ञानलाई वितरण गर्ने थलाे भएकाले यस्ताे कार्यमा सबैकाे सहयाेग र सहकार्य अनिवार्य भएकाे बताउनुभएकाे थियाे । विश्वमा नै ज्ञान वितरण गरेर विश्वमा प्रतिष्ठित विश्वविद्यालयका रुपमा परिचित गराउन सकिने बताउँदै उपकुलपति प्राडा गाैतमले यस कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयाे । 

विश्वविद्यालयलाई विश्वप्रतिष्ठत विश्वविद्यालय बनाउने आफ्नाे एक मात्र लक्ष्य भएकाे बताउँदै उपकुलपति प्राडा गाैतमले विश्वविद्यालयले गुणस्तरीय शिक्षा नदिकन, कार्यरत कर्मचारी र शिक्षककाे क्षमता वृद्धि नगरिकन, विद्यार्थीलाई सीपमूलक शिक्षा नदिएर विश्वविद्यालयलाई विश्वकाे प्रतिष्ठित विश्वविद्यालय बनाउन सकिदैन । यस कार्यमा मेराे सधै चिन्ता र चासाे हुनेछ । 

लामाे अनुभव स‌ंगालेका विश्वका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नु हाम्राे प्रमुख चुनाैती भएकाले हामी सबैकाे साझा प्रयासबाट मात्र विश्वविद्यालयलाई अघि बढाउन सम्भव छ । 

आफ्नाे घर, परिवार र संस्थालाई आराेप प्रत्याराेप गरेर आफ्नै अपमान र अपहेलित भएर अघि बढ्नु भन्दा सबैकाे साझा प्रयासबाट विश्वविद्यालयलाई अघि बढाउने कुरामा विश्वविद्यालयमा रहेका विभिन्न शिक्षक, कर्मचारी  संघ संगठन, विद्यार्थी, चन्दादाताा सहयाेगी मन आदि सबैकाे एउटै उदेश्य हुनु पर्दछ । 

उपकुलपति प्राडा गाैतमले आफुले शिक्षण गरेका विश्वका २० भन्दा बढी विश्वविद्यालयकाे लामो समयकाे ज्ञान र अनुभवबाट मप विश्वविद्यालयकाे चौतर्फी विकासमा लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयाे ।

यस अघि उपकुलपति प्राडा गाैतमले आफ्नाे कार्यकक्षमा पदभार गर्नुभएकाे थियाे । साेही अवसरमा विश्वविद्यालयका कर्मचारी, शिक्षक र विद्यार्थीहरुले उपकुलपति प्राडा गाैतमलाई स्वागत तथा बधाईका शुभकामना व्यक्त गरेका थिए ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top