होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा वरिष्ठ अधिवक्ता हमाललाई प्रदेश प्रमुखले सोमबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।
हमालले आजै मुख्य न्यायाधिवक्ताका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । हमालले उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश लोहितचन्द्र शाहसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।