होमपेज / समाज
काठमाडाैं | मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भइ मौसम मुख्यतया सफा रहने जनाएको छ । कर्णाली, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । यस्तै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
यसैगरी राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।