ट्रेण्डिङ

होमपेज / समाज

नीतिगत तहमा महिलाको पहुँच स्थापित कार्यक्रम सम्पन्न 

नेपालगाथा २०८१ बैशाख २२ गते शनिबार १६:५०:५२ मा प्रकाशित

कमल कसेरा, सुर्खेत । राष्ट्रिय महिला आयोगको आयोजनामा नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने विषयमा प्रदेश सभा सदस्य र संसदीय समितिका सभापतिहरुसँग अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले कर्णाली प्रदेशको महिलाको अवस्था विगतको भन्दा सुधार भए पनि सन्तोषजनक नरहेको बताउनुभयो । 

प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भए पनि कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा पछाडि रहेको बताउँदै मुख्यमन्त्री कंडेलले सबै महिला एकै पटक माथिल्लो स्थानमा पुग्न नसक्ने हुँदा सबैले आफ्नो क्षमताको विकास गर्दै क्रमशः सफलतातर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।  मुख्यमन्त्री कंडेलले सरकार र आफ्नो व्यक्तिगत तहबाट सधै सहयोग र समर्थन हुने समेत बताउनुभएको थियो । 

यसैगरी कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्क्षय कमला कुमारी पराजुलीले भौतिक उपस्थितिको दृष्ट्रिकोणले महिलाको पहुँच र नीतिगत सवालमा महिलाको पहुँचलाई ध्यान दिएको बताउनुभयो । 

कार्यक्रममा कर्णाली प्रदेशका सांसद, नगरप्रमुख, अधिवक्ता, सुरक्षाकर्मी र अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top