होमपेज / समाज
काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) २०२५ को रिजल्ट आज आउँने भएकाे छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज राति ९ बजे सार्वजनिक हुन लागेको जानकारी दिएको हो ।
डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ ।
दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।