ट्रेण्डिङ

होमपेज / समाज

प्राकृतिक स्रोतमा आधारित उद्यमीहरुका लागि उद्यमशीलता विकास तालिम सम्पन्न

नेपालगाथा २०८१ बैशाख २१ गते शुक्रबार १७:१८:०८ मा प्रकाशित

सुर्खेत । युएसए आईडी जलजङ्गल परियोजनाको आयोजनामा विरेन्द्रनगर, सुर्खेतमा तालिम सम्पन्न भएको छ । सुर्खेत जिल्लाका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र भरीगंगाा नगरपालिका तथा दैलेख जिल्लाको गुराँस गाउँपालिकाका प्राकृतिक स्रोतमा आधारित साना तथा मझौला व्यवसायीहरुलाई उद्यम विकास सम्बन्धी तालिम प्रदान गरिएको हो । 

तालिममा माछा पालन, सुन्तला खेती, जडीबुटी,पशुपालन, टिमुर खेती ,दुना टपरी, सिस्नो पाउडर ,कृषि तथा पशुपंक्षी पालन व्यवसायत थाहोमस्टे लगायतका साना तथा मझौला व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यस तालिमको उद्देश्य प्रकृतिमा आधारित उद्यमहरूको पहिचान गर्नु र उनीहरूको व्यवसायको दृष्टिकोण र योजनामा क्षमता अभिवृद्धि गर्नु रहेको कुरा युएसए आईडी जलजङ्गलका उद्यम विकास अधिकृत मुकेश कुँवरले जानकारी दिएका छन ।

भने तालिमले उद्यमीहरूलाई वातावरणीय दिगोपनलाई ध्यानमा राखीप्रकृतिमा आधारित उद्यमहरूको व्यवसाय योजनाको बारेमा बुझ्न मद्दत गर्ने कुरा कुँवरले जानकारी दिए । 

तालिममा सहभागी साना तथा मझौला व्यवसायीहरुहरूलाई जैविक विविधता ,जलवायु परिवर्तन ,सफल उद्यमीका विशेषता ,व्यवसाय छनौट ,व्यवसायको परिचय,महत्व,व्यवसाय गर्दा ध्यान दिने कुराहरु ,नितिनियम ,माग तथा आपूर्ति खेल मोड्युल २ ,व्यवसायीक योजना सम्बन्धि कक्षा संचालन गरिएको थियो ।

युएसए आईडी जलजंगलले प्रकृतिमा आधारित उद्यमहरूलाई सहयोग गर्ने छ । जसले जैविक विविधताको संरक्षणमा मद्दत गर्ने छ । यसको संरक्षणमा नेतृत्व गर्ने छन भने यसले व्यवसायीहरुको एक अर्कालाई अन्तरक्रिया र बुझ्ने र उनीहरूको उद्यम सम्बन्धी समस्या र समस्याहरू साझा गर्ने अवसर प्रदान गर्नेछ।

तालिममा युएसए आईडी जलजङ्गल परियोजनाका उद्यम विकासका अधिकृत कुँवर, एन साब नेपालका डा.दिपेश प्याकुरेल तथा बराहताल र भेरीगंगा नगरपालिका उद्यम विकास सहजकर्ताहरु समेतले तालिमको सहजीकरण गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top