ट्रेण्डिङ

होमपेज / समाज

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन - मुख्यमन्त्री कँडेल

नेपालगाथा २०८१ बैशाख २१ गते शुक्रबार १५:४०:४७ मा प्रकाशित

सुर्खेत । कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभएकाे बताउनु भएकाे छ । मुख्यमन्त्री  कँडेलले आज विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिदै नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएकाे छ ।

अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा भएका संघर्षहरुमा आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, मुख्यमन्त्री कँडेलले  शुभकामना सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

मुख्यमन्त्री कँडेलले शुभकामना सन्देशमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता जगतलाई व्यवसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषण मार्फत राष्ट्र र जनताको सेवामा समर्पित हुने प्रेरणा प्रदान गरोस भन्ने शुभकामना दिनुभएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top