होमपेज / समाज
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको १ दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री योको वैशाख २३ आइतबार काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।
विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ ।
योकोले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।