ट्रेण्डिङ

होमपेज / समाज

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु  २ दिनसम्म चल्ने

नेपालगाथा २०८१ बैशाख २१ गते शुक्रबार ११:१२:०२ मा प्रकाशित

काठमाडौं । आज नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु भएको छ । महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्  ।  महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । 

महासंघको महाधिवेशन राष्ट्रिय सभागृहमा भइरहेको छ । महाधिवेशन अघि पत्रकारहरूले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी समेत निकालेका थिए ।

केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top