ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ  विश्वको प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा

नेपालगाथा २०८१ बैशाख २० गते बिहीबार १३:५२:३६ मा प्रकाशित

काठमाडौँ । काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु प्रदुषित बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । बिहिबार १ सय ७८ एक्यूआइसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १ सय ७० एक्यूआईसहित दोस्रो स्थानमा छ । ​

प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १ सय १ देखि १ सय ५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भने १ सय ५१ देखि २ सय सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । 

२ सय १ देखि ३ सय सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३ सय १ देखि ४ सय  सम्मलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० लाई अति खतरा मानिन्छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top