होमपेज / समाज
काठमाडौं । आज विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा सामाजिक सुरक्षा, मर्यादित श्रम: श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने मूल नारासहित मनाइँदैछ ।
आठ घण्टा काम आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो।
नेपालको विराटनगरमा विसं २००७ मा पहिलो मजदुर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा विभिन्न कार्यक्रम गरी यो दिवस देशैभरि मनाइँदैछ ।