होमपेज / समाज
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेठ मसान्तभित्र सबै कामहरु गरिसक्ने गरी प्रदेश सरकार अगाडि बढिरहेको बताएका छन् ।
साेमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेलले पहिले जस्तो अब असारमा योजना कार्यान्वन गर्ने पक्षमा आफू नरहेको बताका छन् । मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा नभएकाे सभाबाट जानकारी दिएका छन् ।
मुख्यमन्त्री कँडेलले चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहुवर्षे योजनामा खर्च गर्न आफू तयार रहेको बताए। कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र संघीय सरकारलाई बजेट विनियोजनका लागि पठाएका योजनामा समेत आफूले त्यही मान्यतालाई अनुशरण गरेको बताएका छन् ।
साथै कर्णाली प्रदेशकाे प्रदेशसभाका हिउँदे अधिवेशन आजैदेखि अन्त्यका लागि सिफारिस गरेको पनि उनले सदनलाई जानकारी गराएका छन् ।