ट्रेण्डिङ

होमपेज / समाज

क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

नेपालगाथा २०८१ बैशाख १० गते सोमबार १२:१४:१० मा प्रकाशित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ ।

 जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ।

वैशाख ३ गतेको सुनुवाईमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको खुलेको थियो ।

साथै जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top