ट्रेण्डिङ

होमपेज / समाज

कतारका अमिर शेख दुई दिने भ्रमणमा मंगलबार नेपाल आउँदै

नेपालगाथा २०८१ बैशाख ९ गते आइतबार १६:०८:४४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमण गर्ने भएका छन् ।  अमिरले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अमिरले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने  लागेको औपचारिक जानकारी दिएको हो ।

कतारमा हुन लागेको यो नै अहिलेसम्मको उच्च भ्रमण हो । कतारबाट यस अघि मन्त्रीहरुले भ्रमण गरेपनि अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका थिएनन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् र प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता गर्ने छन् ।

त्यसक्रममा दुई देशका बीचमा केही सम्झौता र समझदारीहरुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । अमिर बुधबार बेलुकी कतार फर्कने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top