ट्रेण्डिङ

होमपेज / समाज

गोरखाकाे वीरेन्द्र तालमा हिमपहिरो

नेपालगाथा २०८१ बैशाख ९ गते आइतबार ११:५१:५९ मा प्रकाशित

काठमाडौं । गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । गोरखाको चुमनुब्री गाउँपालिका १ वीरेन्द्र तालमा हिमपहिरो खसेको हाे ।

मनास्लु क्षेत्रमा पर्ने तालमाथि हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो भेगमा बाढी आएको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार स्थानीय सामागाउँ प्रहरी चौकीको टोली ताल क्षेत्रमा पुगेको छ। स्थानीयले ताल फुटेको सूचना दिएको भए पनि घटनास्थल पुगेको प्रहरी टोलीले हिमपहिरोले ताल ओभरफ्लो भएको पाएको पाठकले बताए ।

बाढीले अब थप क्षति गर्ने सम्भावना नदेखिएको तल्लो क्षेत्रमा बाढी आउन सक्ने भएकोले सचेत रहन आग्रह गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top