ट्रेण्डिङ

होमपेज / समाज

मासिंदै छन् काठमाडौंका सडकपेटीहरु ।

नेपालगाथा २०८१ बैशाख ८ गते शनिबार १२:४६:३० मा प्रकाशित

काठमाडौं । महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ ।

पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो । तर, नेपालको राजधानी काठमाडौंंका सडकपेटीको अवस्था अस्तव्यस्त छ ।

काठमाडौंका सडकपेटी साँघुरा छन् । कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन । भएका सडकपेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् । कतै भत्किएको, बिग्रिएको अवस्था छ ।

सडकपेटीहरु निर्माणको पखाईमा छन् । स-साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् । एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठीक विपरीत पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top