होमपेज / समाज
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ गरेको छ । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिएका छन् ।
अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुनसहित पक्राउ परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।