होमपेज / समाज
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पूर्वउपकुलपति सहित ३ जनाको नाम सिफारिस गरिएको छ । मध्यपश्चि विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, त्रिवि योजना निर्देशनालयका निर्देश प्रा डा धुव्रकुमार गौतम र पूर्वडिन देवबहादुर खड्काकाे नाम सिफारिस गरिएकाे छ ।
उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए । १० जना मध्य ३ जनाकाे नाम सिफारिस गरिएको हाे ।
सिंहको कार्यकाल सकिएपछि मध्यपश्चिम विश्वविधालय उपकुलपतिविहीन छ ।