होमपेज / समाज
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सभा, सम्मेलन गर्न मनाई गरेको छ । बुधबार विराटनगर १५ र १७ नम्बर वडामा दुई समूहबीचको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मद्देनजरद गदै बिहान १० बजेदेखि अर्को आदेश नभएसम्म सभा, सम्मेलन गर्न मनाई गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार शाहले जानकारी दिएका छन् ।