ट्रेण्डिङ

होमपेज / समाज

अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

नेपालगाथा २०८१ बैशाख ६ गते बिहीबार १३:४९:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् ।  बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन् ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले  मनोनीत गरेका हुन् ।

चैत ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top