ट्रेण्डिङ

होमपेज / समाज

मुख्यमन्त्री कंडेलद्वारा रामनवमीको अवसरमा शुभकामना

नेपालगाथा २०८१ बैशाख ५ गते बुधबार ०८:२१:४६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल क‌ंडेलले रामनवमीकाे अवसमा शुभकामना सन्देश दिनुभएकाे छ ।

वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमी पर्वको आफनै महत्व रहेकाे र आजको दिनलाई असत्यको अन्धकारमाथि सत्य र मर्यादाको उज्यालोको प्रतिकका रुपमा मनाउने प्रचलन रहेको उल्लेख गर्दै मुख्यमन्त्री कंडेलले त्रेता यूगमा यस धर्तीमा लोकहितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामी सबैमा त्यागशिलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गुण एवम् गरिमाको सम्झना गराउँदै त्यसतर्फ लाग्न उत्साहित गराेस् भन्ने कामना गर्नुभएकाे छ ।

राम नवमीको अवसरमा हामी सबैमा सहमति, सहकार्य र सहअस्तित्वका साथ मिलेर काम गर्ने र सत्यको पक्षमा अडिग भएर अघि बढ्ने प्रेरणा मिलोस भन्ने कामना मुख्यमन्त्रीले गर्नुभएकाे छ । यस पर्वले विविध धर्म संस्कृति मान्ने सबै नेपालीबीच प्रेम, भातृत्व र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा मिलाेस्, शुभकामना सन्देशमा भनिएकाे छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकतालाई अझै प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने मुख्यमन्त्री कंडेलले विश्वास लिनुभएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top