होमपेज / समाज
काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ । डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।
डाँगी बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका थिए ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए। आन्दोलनकारीलाई हटाउनेक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो।