ट्रेण्डिङ

होमपेज / समाज

जुम्ला–रारा अल्ट्रा म्याराथुन प्रतियोगिता सम्पन्न

नेपालगाथा २०८१ बैशाख २ गते आइतबार १८:३३:०२ मा प्रकाशित

 कमल कसेरा, सुर्खेत । जुम्ला–रारा अल्ट्रा म्याराथुन (४९ किमी) प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्पोर्टस् क्लव जुम्लाद्वारा सञ्चालन गरिएको पाँचौ संस्करण सम्पन्न भएको हो । 

दौड प्रतियोगितामा पुरुषतर्फ जुम्ला सुन्दरी गाउँपालिकाका धीरबहादुर बुढा प्रथम भएका छन् । तातोपानी गाउँपालिकाका दलबहादुर कुँवर दोस्रो र कनका सुन्दरी गाउँपालिकाका शेरबहादुर बुढाले तेस्रो स्थान हासिल गरेको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिएका छन् । 

यसैगरी महिलातर्फ खोटाङ जिल्लाकी प्रिया राई प्रथम भएकी छन् । गुठीचौर गाउँपालिकाकी राज्यलक्ष्मी रावत दोस्रो भईन् भने तिला गाउँपालिकाकी अनिता बुढाले तेस्रो स्थान ल्याउन सफल भइन् ।  प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । 

प्रथम हुनेलाई एक लाख नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो भने दोस्रोलाई ७५ हजार नगद र प्रमाणपत्र र तेस्रो हुनेलाई ५० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । उक्त प्रतियोगितामा स्वदेशी र विदेशी गरी ८० भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top