होमपेज / समाज
काठमाडौं । सरकारले आजदेखि देशभर नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरेकाे छ ।
अभियानको पहिलो दिन आज सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठले ‘भर्चुअल’ माध्यमबाट अन्तर्क्रिया गरेकी छन् । उनले बिहान ८ बजे अन्तरक्रिया गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
आजदेखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेललेले जानकारी दिएका छन् ।