ट्रेण्डिङ

होमपेज / समाज

मुख्यमन्त्री कंडेलद्वारा बुलबुले उद्यानको अवलोकन

पर्यटकीय क्षेत्रकाे प्रवर्द्धनमा चासाे

नेपालगाथा २०८१ बैशाख १ गते शनिबार २१:३९:४९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले नयाँ वर्ष २०८१ को पहिलो दिनमा बुलबुले उद्यानको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएकै दिनदेखि कर्णालीको विकासका बारेमा चासो दिनुभएका कंडेलले सुर्खेत उपत्यका भित्रका पर्यटकीय क्षेत्रको विकासमा चासो दिनुभएको हो । मुख्यमन्त्री कंडेलले बुलबुले उद्यानको विकासका लागि उपत्यका नगर विकास समेतका अध्यक्ष समेत रहेका वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालसँग आवश्यक परामर्श समेत लिनुभएको छ ।

सोही अवसरमा बुलबुले उद्यानका कर्मचारीहरुलाई बुलबुले उद्यानको चुस्त दुरुस्त सुरक्षा र संरक्षणका लागि कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो । 

अवलोकन तथा निरीक्षणमा जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल भण्डारी, नेकपा एमाले सुर्खेततका अध्यक्ष कुलमणि देवकाेटा, उपाध्यक्ष माेहनसि‌ंह बडुवाल, सचिव डम्बर तिवारी लगायतको टोलीकाे सहभागिता रहेकाे थियाे ।

बुलबुले उद्यान परिसरमा अबको केही दिनभित्रै डुङ्गा सञ्चालनको तयारी भइरहेको बताइएको छ । कर्णाली प्रदेशको राजधानीमा रहेको बुलबुले उद्यान परिसरमा नयाँ वर्षको अवसरमा करिब पाँच हजार बढी आन्तरिक र बाह्य पर्यटकहरु घुम्नका लागि आएको प्रत्यक्षदर्शीहरुले नेपालगाथालाई बताए । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top