होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले हाम्रा असंख्य संभावनाहरुलाई अवसरमा बदल्नुपर्ने बताउनु भएको छ । नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै मुख्यमन्त्री कंडेलले सात दशक लामो नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको क्रममा रहेकाले संघीयताको मूल मर्म अनुसार अझै पनि प्रादेशिक संरचना तथा यस अन्तर्गत आवश्यक नीति र कानूनी प्रावधानहरुको धेरै अभावहरु देखिएकाे बताएका छन् ।
कानूनी र नीतिगत प्रबन्ध बिना प्रदेश संरचना अधिकार सम्पन्न र थप बलियो हुन सक्दैन, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
उहाँले शुभकामना सन्देशमा नयाँ वर्षको सुरुवातसंगै प्रादेशिक संरचनाका लागि आवश्यक पर्ने संविधान प्रदत्त अधिकारमा महशुस हुने गरी कार्यको थालनी हुने मैले अपेक्षा लिएको छु । प्राकृतिक साधन र श्रोतले सम्पन्न भएर पनि हामी कर्णालीबासी विकास, समृद्धि र सुशासनका दृष्टिले पछाडी छौं । हामीले हाम्रा असंख्य संभावनाहरुलाई अवसरमा बदल्नु पर्छ शुभकामना सन्देशमा भनिएकाे छ ।
प्रदेशको प्रतिष्ठा अभिवृद्धि गरी कर्णालीवासीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु प्रदेश सरकारको सर्वोपरि लक्ष्य हो । यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै बीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूणर् भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्ष उपलब्धि र समृद्धिको ऐतिहासिक वर्षको रुपमा स्थापित हुने विश्वास शुभकामना सन्देशमा गरिएकाे छ ।
