ट्रेण्डिङ

होमपेज / समाज

महोत्तरीमा, सुक्दै पानीका मुहान

नेपालगाथा २०८० चैत्र २९ गते बिहीबार १६:००:३४ मा प्रकाशित

महोत्तरी । चैत सकिएर वैशाख लाग्न अब एक दिन मात्र बाँकी छ ।। नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् ।

अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ । खानेपानीका धारा चल्न छाडेका छन् ।

यसैगरी अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान पनि सुक्दै जाँदा खानेपानीको सङ्कट बढ्दो छ । धारामा पानी झर्नै छाड्यो’ घरआँगनको खानेपानी धाराको टुटी खोल्दै नगिना महतो भन्छिन्, ‘अब नुवाइधुवाइ, सरसफाइको कुरै छाडौँ, घाँटी भिजाउने पानी पनि पाइने छाँट देखिदैन ।

’ चैत नबित्दै बनेको यो अवस्थाले वैशाख/जेठको दुबो मर्ने तापमा के होला ? भन्ने नगिनाको थप चिन्ता छ । दिनहुँजसो बिहानपख धारा मर्ने गरेको नगिना बताउछिन् ।

‘धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ अरु आवश्यकता जे जसरी टारिए पनि पानी नै नपाइँदा त सास अल्झाउनै नपाइने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको सुनिता बताउँछिन् ।

बर्दिवासका खानेपानी धारा जडित बस्तीमा सबैतिर पानीको अभाव बढेको छ । चुरे शृङ्खलाका खोचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी  धाराबाट वितरण गरिदै आइएका बस्तीमा अहिले पानी आउन छाडेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top