होमपेज / समाज
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको उल फित्र (ईद) पर्व अवसरमा भोलि बिहीबार देशैभरी सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले मुस्लिमहरुको महान पर्व ईदको अवसरमा देशैभरी सार्वजनिक दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए ।
उल फित्र (ईद)को अवसरमा सार्वजनिक विदा दिने निर्णय यसअघि नै राजपत्रमा प्रकाशित गरे पनि ईद मनाइने दिन निश्चित नभएकोले ईदको घोषणा भएको दिन विदा दिने भनिएको थियो ।
अब ईदको मिति तोकिएको छ । इस्लाम धर्मावलम्वीहरुले रमजाने महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने गर्दछन् ।
