ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं विश्वकै पहिलो प्रदूषित शहरका रुपमा सूचीकृत

नेपालगाथा २०८० चैत्र २८ गते बुधबार ११:४०:१५ मा प्रकाशित

काठमाडौँ ।  नेपालकाे राजधानी काठमाडौँ विश्वकै सबै बढी वायु प्रदूषण शहरका रुपमा सूचीकृत भएकाे छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरका अनुसार अहिले काठमाडौँ  विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहरकाे सूचीमा रहेको छ ।

अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २ सय ४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ ।

 त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।

१ सय ५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २सय १ देखि ३ सय सम्म अति अस्वस्थ तथा ३ सय १ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top