होमपेज / समाज
सुर्खेत । नेकपा एमालेका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार एमाले नेता कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलकाे नेता समेत रहेका कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ (सभामुख बाहेक), माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) गरि २४ सांसदले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । कँडेलको पक्षमा प्रष्ट बहुमत भएकाले प्रदेश प्रमुख परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरे । ‘

कँडेल मुख्यमन्त्री बनेसँगै कर्णाालीकाे विकासले तिब्रता पाउने धेरैले अपेक्षा गरेका छन् । 'यस अघिका सरकारले कर्णाली प्रदेशका साथै राजधानी सुर्खेतकाे विकासमा खासै फड्काे मार्न सकेका थिएनन् तर अब कँडेल मुख्यमन्त्री बनेसँगै कर्णालीकाे विकासले तिब्रता पाउने हामीले अपेक्षा गरेका छाै' एक स्थानीयले भने. 'कँडेल विकासप्रेमी नेता हुन् । उहाँसँग विकासकाे भिजन छ ।'
कँडेलकाे मुख्यमन्त्री बन्ने सपना त पूरा भएकाे छ तर अब जनताले अपेक्षा गरे अनुसार कर्णालीमा विकासले कत्तिकाे फड्काे मार्नेछ त्याे भने हेर्न बाँकी नै छ ।
यसअघि विसं २०७४ सालको निर्वाचनमा २० सीटसहित नेकपा एमाले पहिलो पार्टी बनेको थियो । त्यसबेला एमालेबाट यामलाल कँडेल मुख्यमन्त्री बन्छन् भन्ने धेरैको अनुमान थियो । तर केन्द्रकाे राजनीतिक समीकरणका कारण उक्त अनुमानले फेल खाएकाे थियाे ।