ट्रेण्डिङ

होमपेज / समाज

बच्चाहरुले किन बाेल्छन् झुटो

नेपालगाथा २०८० चैत्र २७ गते मंगलबार १४:२९:४९ मा प्रकाशित

बच्चाहरुले झुटो किन बोल्छन् त ? यसका मुख्य कारणहरु

डर

बच्चाहरुले झुटो बोल्नुको मुख्य कारण डर हो । कहिलेकाहीं साँचो बोल्दा अभिभावकले गाली गर्ने डर हुन्छ । पिट्छन् कि भन्ने डर हुन्छ र अन्य कुनै सजाय दिने डरले झुटो बोलिरहेका हुन्छन् । कतिपय अभिभावकले बच्चालाई केही गल्ती गरेमा गाली गर्ने र कुटपिट गर्ने बानी छ भने पनि बच्चाले झुटो बोल्छन् ।

उनीहरुले आफूलाई बचाउन झुटको सहारा लिने गर्छन् । त्यसैले बच्चालाई धेरै डर देखाउनु हुँदैन ।

केही पाउने आशमा

प्रायजसो बच्चाले केही पाउने इच्छा भएमा पनि झुटो बोल्ने गर्छन् । किनभने बच्चाले सिधै यो चाहियो भनेर आमाबुवासँग माग गर्दा सहजै किनिदिंदैन, जसकारण उनीहरुले झुटो बोल्छन् । उदाहरणका लागि कतिपय बच्चाले नयाँ जुत्ता चाहिएमा जुत्ता नहराए पनि हरायो भन्ने, जुत्ता नच्यातिए पनि च्यातियो भनेर झुटो बोल्ने, जुत्ता च्यातिएकाले स्कुलमा गाली गर्‍यो भनेर झुटो बोल्ने गर्छन् ।

अभिभावकको झुटो बोल्ने बानी

बच्चाले झुटो बोल्न आमाबुवाको सिको गरेका पनि हुन्छन् । धेरैपटक आमाबुवाले बच्चाको अगाडि कुनै कारणले अरुसँग कुराकानी गर्दा झुटो बोलेको देखेर पनि उनीहरु सिक्नछन् । किनभने छोराछोरीको पहिलो स्कुल घर मानिन्छ भने पहिलो गुरु आमाबुवा मानिन्छ । त्यसैले बच्चाहरु धेरै समय आमाबुवासँगै हुने भएकाले उनीहरुले अभिभावकको केही बानी देखासिकी गरेका हुन्छन् । त्यसैले सकेसम्म बच्चाको अगाडि झुटो बोल्नु हुँदैन ।

अपोजिस्नल डिफिएन्ट डिसअर्डर भएमा

अपोजिस्नल डिफिएन्ट डिसअर्डर (ओडीडी) समस्या भएमा पनि बच्चाले झुटो बोल्न सक्छ । ओडीडीको समस्या भएका बच्चाले बारम्बार झुटो बोल्न सक्छन् । तर एक-दुईचोटि झुटो बोल्दैमा ओडीडी भएको हुँदैन । ६ महिनासम्म निरन्तर झुटो बोलेमा, रिस उठ्ने, चिडचिडा हुने, सामान फुटाउने, चोरी गर्ने जस्ता अन्य लक्षण देखिएमा बच्चालाई ओडीडीको समस्या हुनसक्छ । त्यस्तै अन्य मानसिक समस्याका कारणले पनि बच्चाहरु झुटो बोल्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top