ट्रेण्डिङ

होमपेज / समाज

आज घोडे जात्रा पर्व

विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालगाथा २०८० चैत्र २६ गते सोमबार ११:१०:२० मा प्रकाशित

काठमाडौं। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा अनुसार आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ। टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको धार्मिक विश्वास छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाका तर्फबाट आज सैनिक मञ्च टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका विभिन्न प्रदर्शनी गरिँदैछ।

समारोहमा उपराष्ट्रपतिलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ। समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ। परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top