ट्रेण्डिङ

होमपेज / समाज

सभामुखले बोलाए प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेतालाई

नेपालगाथा डेस्क २०८० चैत्र २६ गते सोमबार ११:०१:१० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसाे  २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा हुनेछ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले बैठक बोलाएको सचिवालयले जनाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top