ट्रेण्डिङ

होमपेज / समाज

सुनसरीमा अनिश्चितकालिन निषेधाज्ञा जारी

नेपालगाथा २०८० चैत्र २३ गते शुक्रबार १३:५६:२२ मा प्रकाशित

सुनसरी । सुनसरी जिल्लाकाे हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिको छ ।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आज मध्याह्न  १२ बजेदेखि हरीनगरा गाउँपालिकाका सबै वडा र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिको हुन् ।

हिजाे एसइईको परीक्षा हुँदै गर्दा हरिहर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो । उक्त झगडालाई लिएर भीडभाड भइरहँदा सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको कामु सिडिओ वेदराज फुयलले जानकारी दिए ।

सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top