ट्रेण्डिङ

होमपेज / समाज

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

नेपालगाथा २०८० चैत्र २२ गते बिहीबार १५:०७:०३ मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । उपनिर्वाचन इलाम-२ मा र  बझाङको निर्वाचन क्षेत्र नम्बर १ मा आगामि वैशाख १५ मा हुदै छ ।

आयोगले इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेको जानकारी दिएको छ । गत मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ ।

यसैगरि बझाङको  निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ रहेको आयोगले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top