होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय ताेकेर आह्वान गर्नुभएकाे छ । मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकमा केन्द्रकाे राजनीतिक समिकरण भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा (३) अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।
शर्मा २०७९ पुस २८ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका थिए ।