ट्रेण्डिङ

होमपेज / समाज

गृह मन्त्रालयका ९ जना उपसचिवको सरुवा

नेपालगाथा २०८० चैत्र २१ गते बुधबार ११:५४:०६ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ । तीन जना सहायक सीडीओसहित  ९ जना उपसचिवको सरुवा गरेको हाे ।

मन्त्रालयले आज भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।

यसैगरी सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन विभागमा काजमा रहनेगरी अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा रहेका जाजरकोटका सहायक सीडीओ पुष्कर रानाको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।

गृहमन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद न्यौपानेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काजमा रहनेगरी अछामको सहायक सीडीओमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top