ट्रेण्डिङ

होमपेज / समाज

त्रिविद्वारा उत्तरपुस्तिकाको पोकै हराएको स्वीकार

पुन: परीक्षा चैत २१ गते

नेपालगाथा २०८० चैत्र १५ गते बिहीबार २१:४९:५७ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको दुई विषयहरुको उत्तरपुस्तिकाको पोकै हराएको औपचारिकरुपमा स्वीकार गरेको छ । उत्तरपुस्तिकाको पोकै हराएपछि त्रिविले बिहीबार विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानबिन समिति गठन गरेको जनाएकाे छ। ३ सदस्यीय समितिकाे संयाेजक पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल छन् । समितिलाई आगामी ३० दिनभित्र प्रतिवेदन पेश गर्न त्रिविले भनेको छ ।

मानविकी तथा सामाजिक शास्त्रअन्तर्गतको जनसंख्या तथा स्वास्थ्यतर्फको विषय (कोड नं. ४१२) र शिक्षा शास्त्रतर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) विषयको उत्तरपुस्तिकाको पोकै हराएको थियो ।

त्रिविले उत्तरपुस्तिका हराएका दुवै विषयकाे परीक्षा यही चैत २१ गतेदेखि गराउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top