ट्रेण्डिङ

होमपेज / समाज

स्थगित भयाे ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

नेपालगाथा २०८० चैत्र १४ गते बुधबार १०:३६:०८ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले याे वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने भएकाे छ । विद्यालय छनोटमा ढिलाइ भएका कारण ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थागित गर्ने भएकाे हाे ।

विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थागित गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्न उचित नहुने अभिमत प्रकट हुँदै आएको थियो ।

शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने बताएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top