ट्रेण्डिङ

होमपेज / समाज

साहित्यकार सुवेदी अब रहेनन्

नेपालगाथा २०८० चैत्र १४ गते बुधबार ०९:५६:४९ मा प्रकाशित

विराटनगर ।  साहित्यकार तथा समालोचक दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको छ ।

क्यान्सर रोगबाट पिडित साहित्यकार सुवेदीकाे उपचारकाे क्रममा निधन भएको हाे ।

सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् ।

सुवेदीको पार्थिव शरीरलाई  बुधबार विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top